सामान्यतया हिँउदका लागि नसोचिने हिमाली क्षेत्र लुक्लादेखि कालापथ्थर सम्म झन्डै ५० जनाको सात दिने पदयात्रा । कालापत्रमा विश्वकै ध्यान तान्नेगरी नेपालमै हातले बुनिएका न्याना कपडाहरुको फेसन प्रदर्शनी र लुगा कपडादेखि प्रयोगहुने अधिकांश वस्तु वातावरण मैत्री ।
हिउँदेयाममा सगरमाथाको फेदीमा यस्तो कार्यक्रम आयोजनामार्फत नेपालका हिमाली भेग हिँउदमा समेत उत्तिकै मनमोहक रहेको सन्देश विश्वभरी पुर्याउन आगामी माघको दोस्रो साता सर्वोच्चशिखर सगरमाथाको फेदीमा पर्यामैत्री फेसन शो गरिने भएको छ ।
रियालीटि शोका रूपमा आयोजना हुने यो कार्यक्रमको ८ वटा वृत्तचित्र बन्ने र अमेरिका र क्यानडाका एमटिभि च्यानलहरुले प्रसारण गर्ने छन् ।
ससम्बन्धी जानकारी दिन पर्यावरणीय क्षेत्रमा कार्य गर्दा आएको संस्था कासाद्वारा शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ५ जना नेपाली र १५ जना विदेशी सुपरमोडेलहरुको सहभागित रहने यो कार्यक्रमले विश्वभर नेपाली हिँउदे पर्यटनको ब्राण्डिङ गर्नेछ । ‘माउन्ट एभरेष्ट फेशन रन वे’ शीर्षक दिइएको यो कार्यक्रमको आयोजना कासाको साथ आर बी ज्वेलर्सले दिएको छ । ज्वेलर्सले कार्यक्रम अवधिमा कालापथ्थरमै नेपाली कलासँस्कृति झल्कने गहनाहरु प्रदर्शन गर्ने जानकारी पनि कार्यक्रममा दिइयो ।
कासाकी प्रमुख कार्यकारी अधिकृत रमिला नेम्कुलका अनुसार कार्यक्रममा फिनल्याण्ड, हल्याण्ड, अमेरिका, श्रींलंका भारत र क्यानडाका सुपर मोडेलहरु र नेपालका पाँच जना उत्कृष्ठ मोडेलहरुले फेसन प्रदर्शन गर्नेछन् । यसका लागि तयार गरिएका सबै लुगा कपडा पर्यावरणमैत्री हुने पनि नेम्कुलले बताउनुभयो । ‘कार्यक्रमलाई त्यहाँ प्रयोग हुने कुनै पनि वस्तु र त्यहाँ गरिने गतिविधिले कार्बन उत्सजर्नन नबढाउने गरी योजना गरेका छौं, उहाँको भनाई थियो । एउटा रियालीटि शोका रूपमा आयोजना हुने यो कार्यक्रमको ८ वटा वृत्तचित्र बन्ने र अमेरिका र क्यानडाका एमटिभि च्यानलहरुले प्रसारण गर्ने जानकारी पनि उहाँले दिनुभयो । ‘यसबाट नेपाल भ्रमण वर्ष २०२०’को लक्ष्य हासिल गर्न उल्लेख्य सहयोग पुग्छ‘ नेम्कुलले थप्नुभयो । शोमा मोडेलहरुले पश्मिना तथा अन्य पर्यामैत्री वस्तुबाट बनेका कपडाकोमात्र प्रदर्शन उने पनि उहाँले बताउनुभयो ।
एसियन ट्रेकिङका सिइयो दावा स्टेभेन शेर्पाले नेपाल सबै ऋतुहरुमा पर्यटन गर्नका लागि गतिलो स्थान हो भन्ने सन्देश विश्वभर फैलाउन कार्यक्रमले ठूलो मद्दत गर्ने बताउनुभयो । ‘सन् १९६० को दशकमा कुनै विदेशिले अल्पज्ञानकै आधारमा नेपाल शरद र वसन्त ऋतुमा घुम्ने देश हो भनिदियो । हामीले समयमै नेपाल सबै ऋतुमा उत्तिकै भ्रमण गर्न योग्य थलो रहेको कुरा फैलाउन नसक्दा अहिलसम्म त्यो भ्रम चिर्नसकिएको छैन’, उहाँले भन्ने भयो । सबै कुराका लागि विदेशी नै उत्कृष्ठ ठान्ने भ्रम चिर्नका लागि समेत नेपाली शैलीकै हाते पोशाकमा आधारित फेसन शो गर्न लागिएको पनि उहाँले बताउनु भयो ।
आरबि डाइमण्डका रिकेन महर्जनले विश्वमा पुग्न नसकेका नेपाली कला सँस्कृतिलाई गहनामार्फत संसार भर पुर्याउ कार्यक्रमले मद्दत गर्ने बताउनुभयो ।